धितोपत्र बोर्डले ल्यायो वार्षिक कार्यक्रम | Khabarhub Khabarhub

धितोपत्र बोर्डले ल्यायो वार्षिक कार्यक्रम


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मौद्रिक नीति सार्वजनिक गरेको दुई दिनपछि आज नेपाल धितोपत्र बोर्ड (सेवोन) ले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले आज श्रव्य, दृश्यका माध्यमबाट सार्वजनिक गरेको कार्यक्रममा धितोपत्र बजारलाई थप विस्तार गर्ने विषय समावेश रहेको छ ।

उनले नेपाल स्टक एक्सचेञ्जमार्फत हुने कारोवारलाई थप व्यवस्थित र विद्युतीय माध्यमबाट हुने गरी आवश्यक व्यवस्थापन गर्ने तथा शेयर खरिद बिक्रीलाई थप समायनुकूल बनाउने विषय कार्यक्रममा समावेश भएको जानकारी दिए ।

अध्यक्ष ढुङ्गानाले नेप्सेको टे«डिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) लाई प्रभावकारी बनाउने व्यवस्था मिलाउने उल्लेख गर्दै शेयर खरिद गरेको तेस्रो दिन खातामा आउने र बेच्नेले पनि सोही अवधिमा खातामा पैसा पाउने व्यवस्था रहेकामा त्यसलाई परिवर्तन गरेर दोस्रो दिनमै बेच्नेको खातामा पैसा र किन्नेको खातामा शेयर जम्मा हुने व्यवस्था गरिएको जानकारी दिए ।

बोर्डले त्यसलाई ‘धितोपत्र कारोवारमा टी प्लस टु’ अवधारणा भनेको छ । यस्तै बोर्डले विभिन्न विशिष्टिकृत लगानी कोष सञ्चालन गर्न अनुमति दिनेसमेत वार्षिक कार्यक्रममा समावेश गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : २० बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र