निकुञ्ज प्रशासनले चेपाङ बस्तीमा आगो लगाएपछि… « Khabarhub

निकुञ्ज प्रशासनले चेपाङ बस्तीमा आगो लगाएपछि…


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले चेपाङ बस्तीमा आगो लगाई घरबारविहीन बनाएको घटनालाई लिएर माडी नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेको छ । वैकल्पिक व्यवस्था नगरी यस्तो अमानवीय कार्य गर्नेमाथि कारबाहीको माग समेत गरेको छ ।

बस्ती स्थानान्तरणका लागि नगरपालिकाले थालेको काममा समेत निकुञ्ज प्रशासनले अवरोध पुर्‍याएको जनाएको छ ।

निकुञ्ज प्रशासनले जग्गा अतिक्रमण गरी बनाइएको भन्दै माडी-९,कुसुमखाेलामा रहेकाे सुकुम्बासी चेपाङ बस्तीका २ वटा घरमा आगो लगाएको र हात्ती लगाएर अन्य घर भत्काएको थियो ।

सो क्षेत्रमा चेपाङहरु २०५३ सालबाट बस्दै आएका थिए ।

स्थानीय निकाय तथा सरोकारवालासँग समन्वय नै नगरी उनीहरुको उठिबास लगाएकोमा नगरपालिकाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : १२ बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह