बा, तिमीलाई कसले बनायो ? « Khabarhub

बा, तिमीलाई कसले बनायो ?



कविता

न कहिल्यै आँखामा आँसु,
न त कुनै गुनासो मनमा,
न थकान कहिल्यै आङमा,
न निन्द्रा प्यारो आधा रातमा ।
केवल एकजोर जडाउरीले छोपेको
मेरा बाको सिङ्गो शरीरमा ।

तिमीलाई चाहिने सामान बजारभरी छ, भारी छ,
तर घर फर्कंदा सधै तिमी भन्छौ, आज पनि बजारमा खाली छ ।
मलाई थाहा छ बा, मेरो रोजाईको चुइचुईं बज्ने चप्पल किन्न,
अथक प्रयत्न गर्दा पनि बाध्य भयौ आफ्नो मन मार्न ।

आधा कप चिया त दुई घुट्किमै सकिन्छ,
तर बा, त्यसमा नि तिमीले दुई भाग लगायौ ।
मैले भोक लाग्यो भन्दा आफ्नै गाँस काटेर पनि हर रात तिमी अघायौ ।
मैले बोलेर माग्न जान्नु अघि नै तिमीले मेरा हर रहर पूरा गर्‍यौ ।

ज्वरोले थलिएको दिन मेरा बा, तिमीले
मलाई शितल बनाउन, पङ्खा किनी ल्यायौ ।
तिम्रा जडाउरी लुगा उध्रिँदा समेत पहिले तिमीले
मेरा लागि नयाँ कपडा सिलायौ ।
अक्षर नचिनेका तिमीले
मलाई कसरी अफिसको सर बनायौ ।

आज बुझ्दै छु बा,
हिमाल भन्दा ठुलो तिम्रो स्नेहको अगाडि,
तिम्रो प्रेम र बलिदानको उपलब्धिमा
मैले ओढेको पहिचानलाई तिमीले मेरै मेहनतको मोहर लगादियौ ।
भगवान्ले त मागेपछि दिन्छन् रे,
तर नमागी दिने तिमीलाई कसले बनायो ?

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ५ : ५० बजे

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयदेखि भोगचलन गर्दै

जुम्लामा स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

जुम्ला – जुम्लामा सञ्चालन गरिएको नाक, कान तथा घाँटी (इएनटी)

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, थेहे आसपास केन्द्रबिन्दु

काठमाडौँ – हुम्लामा शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

काठमाडौँ– नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी– फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा