कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ८३ हजार नाघ्यो « Khabarhub

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ८३ हजार नाघ्यो


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ८३ हजार ४०८ जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरका २ करोड २२ लाख ९४ हजार ३५३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५० लाख ३७ हजार १६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ९४३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । अहिलेसम्म अमेरिकामा १ लाख ७५ हजार १९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ४३ हजार १०४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५६ लाख ५५ हजार ७९ पुगेको छ । हालसम्म ३० लाख १० हजार ३८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ९७४ जनाको अवस्था गम्भीर छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ हजार ३०३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा कुल संक्रमित संख्या ३४ लाख ६३ हजार २ सय ३५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १० हजार १९ जनाको ज्यान गएको छ । २५ लाख ५४ हजार १७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको छ । हालसम्म २० लाख ३६ हजार ७०३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ८९ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ८७२ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ७ ४८ जनामा कोरोना पुष्टि भएको र १३२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ३२ हजार ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख ४२ हजार ६२८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार २६४ पुगेको छ । हालसम्म ५ लाख ९२ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ५३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ८५ हजार ४६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ७ : १० बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।