कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ८३ हजार नाघ्यो | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ८३ हजार नाघ्यो


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ८३ हजार ४०८ जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरका २ करोड २२ लाख ९४ हजार ३५३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५० लाख ३७ हजार १६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ९४३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । अहिलेसम्म अमेरिकामा १ लाख ७५ हजार १९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ४३ हजार १०४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५६ लाख ५५ हजार ७९ पुगेको छ । हालसम्म ३० लाख १० हजार ३८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ९७४ जनाको अवस्था गम्भीर छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ हजार ३०३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा कुल संक्रमित संख्या ३४ लाख ६३ हजार २ सय ३५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १० हजार १९ जनाको ज्यान गएको छ । २५ लाख ५४ हजार १७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको छ । हालसम्म २० लाख ३६ हजार ७०३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ८९ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ८७२ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ७ ४८ जनामा कोरोना पुष्टि भएको र १३२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ३२ हजार ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख ४२ हजार ६२८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार २६४ पुगेको छ । हालसम्म ५ लाख ९२ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ५३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ८५ हजार ४६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ७ : १० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम