गण्डकी प्रदेशमा थपिए १४ कोरोना संक्रमित « Khabarhub

गण्डकी प्रदेशमा थपिए १४ कोरोना संक्रमित


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बुधबार विहान विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमित हुनेमा नवलपरासी पूर्वका १२ जना छन् भने तनहुँका २ जना छन् । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १७७९ पुगेको छ ।

यसैबीच  चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१ का एकजना पुरुषमा संक्रमण पुष्‍टि भएको छ भने वडा नं ७ का एक पुरुष र एक महिला तथा वडा नं ५ की एकजना महिलामा संक्रमण देखिएको छ ।

यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पुर्वकै कावासोती नगरपालिका २ का चारजना पुरुष तथा कावासोती-३ का दुईजना पुरुषमा संक्रमण देखिएको छ । हुप्सेकोटका एकजना पुरुष र देवचुलीका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका वडा नं ३ का ३८ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका वडा नं ४ का २९ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १० : ५१ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६