अध्यक्षद्वयलाई पत्र लेख्दै मणि थापाले भने – मलाई बदनाम गराउन खोजियो, न्याय दिनुहोस् « Khabarhub

अध्यक्षद्वयलाई पत्र लेख्दै मणि थापाले भने – मलाई बदनाम गराउन खोजियो, न्याय दिनुहोस्


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले आफूविरुद्ध षडयन्त्र भएको भन्दै छानबिन गर्न अध्यक्षद्वयसँग अपिल गरेका छन् ।

पार्टीको साहित्य, कला तथा संस्कृत विभाग प्रमुख तथा शिक्षक संगठन इन्चार्जसमेत रहेका थापाले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पत्र नै लेखेका छन् ।

‘सत्यतथ्य छानबिन सम्बन्ध’ शीर्षकमा थापाले आफूलाई बदनाम गराउन गरिएको षडयन्त्रको छानविन गर्न माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘केहिदिन यता केहि पत्रिका, अनलाइन र सामाजिक सञ्जालमा म र मेरो परिवारको बारेमा योजनाबद्ध रुपमा बदनाम गर्ने प्रयास भइरहेको छ । मैले शक्तिको दुरुपयोग गरी श्रीमतीलाई जागिर खुवाएको, कोटेश्वरमा तीनतले घर बनाइरहेको भन्ने आरोप लगाइएको छ । यसले गर्दा मेरो राजनीतिक र सामाजिक जीवनमा नकारात्मक असर परिरहेको छ । म पाटीसँग विनम्र अनुरोध गर्न चाहन्छु यी सबै विषयमा सत्यतथ्य पत्ता लगाई म र मेरो परिवारमाथि न्याय गर्न हार्दिक अनुरोध गर्दछु ।’

न्याय माग्दै थापाले लेखेको पत्र 

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १२ : ३६ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले