धरान १५ की कोरोना संक्रमित ७१ वर्षीया महिलाको मृत्यु « Khabarhub

धरान १५ की कोरोना संक्रमित ७१ वर्षीया महिलाको मृत्यु


३ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सूचना अधिकारी डाक्टर निदेश सापकोटाका अनुसार अस्तपालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

उनी सुनसरीको धरान–१५ की ७१ वर्षकी महिला हुन् ।

उनको क्वारेन्टिन स्थालबाट स्वाब संकलन गरी साउन २३ गते कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनाको लक्षणहरु खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २४ गते भर्ना गरिएको थियो ।

ती महिलामा पहिलादेखि नै दम र मुटुको समस्या समेत थियो । उनको प्रतिष्ठानमा आज (भदौ ३ गते बिहान ११ बजेर १५ मिनेटमा) मृत्यु भएको डा सापकोटाले बताए ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  १२ : ४९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६