अलबिदा राष्ट्रकवि (फोटो फिचर) « Khabarhub

अलबिदा राष्ट्रकवि (फोटो फिचर)


३ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज दाहसंस्कार गरिएको छ । मंगलबार निधन भएका राष्ट्रकवि घिमिरेको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।

राष्ट्रकवि घिमिरेलाई दाहसंस्कारअघि सेना र सशस्त्रको टुकडीले सालमी अर्पण गरेको थियो। आजै बिहान उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दिवंगत राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।

उनको निवास पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वि. सं. १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मेका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए ।

स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको हो ।

 

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  १ : ०६ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच