अलबिदा राष्ट्रकवि (फोटो फिचर) « Khabarhub

अलबिदा राष्ट्रकवि (फोटो फिचर)


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज दाहसंस्कार गरिएको छ । मंगलबार निधन भएका राष्ट्रकवि घिमिरेको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।

राष्ट्रकवि घिमिरेलाई दाहसंस्कारअघि सेना र सशस्त्रको टुकडीले सालमी अर्पण गरेको थियो। आजै बिहान उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दिवंगत राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।

उनको निवास पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वि. सं. १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मेका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए ।

स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको हो ।

 

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १ : ०६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।