जाजरकोटमा चट्याङ लागेर एकको मृत्यु « Khabarhub

जाजरकोटमा चट्याङ लागेर एकको मृत्यु


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – अविरल वर्षासँगै जात खोलामा आएको बाढीले आज बिहान शिवालय गाउँपालिका–६ को वडा कार्यालय भवन बगाएको छ ।

भारी बाढीको कटानका कारण टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिए ।

यस्तै भीषण वर्षाका कारण वडा नं ६ कै लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्तका करिब १५० घर पहिराको जोखिममा रहेको वडा अध्यक्ष थापाले जानकारी दिए । केही घर चर्किएका छन् । पहिराको जोखिममा रहेका घरधुरीलाई सुरक्षित स्थानमा सार्नुपर्ने उनले बताए ।

बाढीले कटान गरेपछि सयौँ बिगाहा खेत बगरमा परिणत हुनुका साथै दर्जनौँ पानी घट्ट पनि बगाएको छ । पहिरो खसेपछि शिवालय जोड्ने छेडा–कचाली सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिकाका कर्मचारी विवेक शाहीले जानकारी दिए ।

त्यस्तै चट्याङ लागेर छेडागाड नगरपालिका–१३ चैतेटाकुराका वीरबहादुर नेपालीका तीन वर्षीय छोरा सुमन विकको आज बिहान परेको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङले घरमुली वीरबहादुरसहित उनकी बुहारी वृद्धकला परियार र परिवारका अन्य तीन जना घाइते भएको स्थानीय शिक्षक विर्खबहादुर वलीले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  २ : ४१ बजे

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को