झापाको दमकमा एकै दिन १३ जनामा संक्रमण « Khabarhub

झापाको दमकमा एकै दिन १३ जनामा संक्रमण


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा –  झापाको दमकमा आज एकै दिन १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै दमकमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । केही दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा आज १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको दमक नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिए ।

संक्रमितमध्ये ३ जना शसस्त्र प्रहरी रहेका छन् भने दुई जना नेपाल टेलीकम दमकमा कार्यरत ३७ र ४० वर्षका पुरुष कर्मचारी रहेका छन् ।

यस्तै दमक ५ मा होम क्वारेन्टाईनमा बसेका ३१ बर्षका एक पुरुषमा पनि संक्रमण देखिएको छ । अन्य ७ जना संक्रमित विदेशबाट आएर दाहाल प्रतिष्ठानमा बनाइएको क्वारेन्टाईनमा बसेका दमककै विभिन्न वडाका २१ देखि ४४ वर्षसम्मका पुरूषहरू भएको  बताइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  २ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना