चितवनमा मास्क नलगाइ हिँड्ने १९५ लाई कारबाही « Khabarhub

चितवनमा मास्क नलगाइ हिँड्ने १९५ लाई कारबाही


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा प्रहरीले मास्क नलगाएर हिँड्ने व्यक्तिलाई कारबाही गर्न सुरु गरेको छ ।

बुधबारमात्रै चितवन प्रहरीले सार्वजनिक स्थल र सडकमा हिँड्ने १९५ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । तीमध्ये १७१ पुरुष र २४ जना महिला रहेका छन् ।

उनीहरुलाई जरीवाना गरी ३२ हजार ९ सय रुपैयाँ असुल गरेको छ । यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दूरी कायम नगर्ने १५ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

उनीहरुबाट सात हजार ५ सय रुपैयाँ असुल गरिएको प्रहरी प्रमुख नान्तीराज गुरुङ्गले जानकारी दिए ।

निशेधाज्ञाको समयमा र अन्य समयमा गरी जिल्लाका विभिन्‍न स्थानबाट उनीहरुलाई जरीवाना तिराएर छाडिएको गुरुङ्गले जानकारी दिए ।

निशेधाज्ञा सँगै चितवन प्रशासनले थप कडाइ गर्दै लगेको छ । निशेधाज्ञा खुलेको समयमा पनि नागरिकलाई नजिकको पसलमा किनमेल गर्न र अत्यावश्यकका काम बाहेक सवारीसाधन नचलाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ८ : ४८ बजे

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई