काठमाडौं उपत्यका निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही « Khabarhub

काठमाडौं उपत्यका निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकामा निषेधाज्ञाका वेला ‘मर्निङ वाक’ गर्न पनि नपाइने भएको छ । प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा कडाइ गर्ने भएको छ ।

काठमाण्डाै उपत्यकामा तपाईँ बिहीबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ?

एकै छिन त हो, त्यहीँ पर पुगेर आइहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदि त्यसो गर्नुभयो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ ।

बुधबार रातिदेखि लागू हुने निषेधाज्ञाको आदेशअनुसार यसपाली भने प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा निकै कडाइ गर्ने छ । काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने , ‘मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर ननिस्किनुहोस्, सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही हुन्छ ।’

त्याे ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐन अन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि लकडाउनमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन ।

कुनै सवारी पाससमेत जारी गरिने छैन । त्यसैले लकडाउनभन्दा बुधबार राति १२ः०० बजेदेखि लागू हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।

यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यस पटक दैनिक एक सयभन्दा बढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा शय्याकाे समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए । आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनले बताए ।

उपत्यकाका तीन जिल्लाका प्रजिअको मङ्गलबारको बैठकले बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ ।

राति १२ः०० बजेदेखि अत्यावश्यक बाहेकका गतिविधि गर्न पाइने छैन । त्याे आदेश यही भदौ १० गतेसम्म लागू हुनेछ ।

सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम काठमाण्डाै उपत्यकामा लागू हुने गरी याे निर्णय गरिएको हो । अनावश्यक रुपमा मानिस घरबाट निस्किए कारबाही हुनेछ । सार्वजनिक तथा निजी सवारी साधनसमेत निस्कन पाउने छैनन् । यसपाली खाद्यान्न, औषधिजन्य बाहेकका ढुवानीसमेत रोकेको प्रजिअ दाहालले बताए ।

अत्यावश्यक सामग्रीलगायतका मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुने छन् । काठमाण्डाै उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनसमेत सञ्चालन गर्न पाइने छैन ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ९ : ३५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले