सामाजिक सञ्जालको निगरानी गर्ने तयारी « Khabarhub

सामाजिक सञ्जालको निगरानी गर्ने तयारी


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालको निगरानी गर्ने तयारी थालेको छ ।

टिकटक, गुगल, युट्युव, फेसबुक, अकमाइ लगायतका कन्टेन्ट प्रोभाइडरलाई नियमनभित्र ल्याउन आन्तरिक तयारी थालेको हो । पछिल्लो समय इन्टरनेट सेवा प्रदायकले कन्टेन्ट प्रोभाइडरबाट समस्या भोगिरहेको गुनासो गरिरहेको छन् ।

यसअघि टिकटकले आफ्नो प्राटोकल परिवर्तन गर्ने समय र भारतले टिकटकमा लगाएको प्रतिबन्धको असर नेपालमा देखिएको थियो । भारतमा प्रतिबन्ध लगाउँदा नेपालमा चर्चा बटुल्नु र प्राटोकल परिवर्तन एकै पटक हुनुले क्यास सर्भरमा असर परेको थियो ।

यसले गर्दा टिकटकले मात्रै नेपालको कुल ब्याण्डविथको २५ प्रतिशत ब्याण्डविथ खपत गरेको थियो । त्यसबेला सेवा प्रदायकले टिकटकको सर्भर थप गर्न नसक्दा नेपालको इन्टरनेटमै समस्या परेको उल्लेख गरेका थिए ।

यसबारेमा सेवा प्रदायले प्राधिकरणमा पनि जानकारी दिएका हुन् । हाल टिकटकको लागि आकमाईको सर्भर थप भएसँगै टिकटकको समस्या भने समाधान भएको छ । तर, फेरि अहिले गुगलको अधिकतम प्रयोग भइरहँदा गुगलको क्यास सर्भरको खपत पनि बढेको छ, तर सर्भर बढाउनेतर्फ कुनै काम अघि बढेको छैन ।

प्राधिकरणका अनुसार यसलाई नियमनको दायरामा ल्याउन के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । यो विषयमा अध्ययन गरी नियमनको प्रारुप तयार गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्ने तयारी भएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ११ : ५३ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट