सामाजिक सञ्जालको निगरानी गर्ने तयारी « Khabarhub

सामाजिक सञ्जालको निगरानी गर्ने तयारी


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालको निगरानी गर्ने तयारी थालेको छ ।

टिकटक, गुगल, युट्युव, फेसबुक, अकमाइ लगायतका कन्टेन्ट प्रोभाइडरलाई नियमनभित्र ल्याउन आन्तरिक तयारी थालेको हो । पछिल्लो समय इन्टरनेट सेवा प्रदायकले कन्टेन्ट प्रोभाइडरबाट समस्या भोगिरहेको गुनासो गरिरहेको छन् ।

यसअघि टिकटकले आफ्नो प्राटोकल परिवर्तन गर्ने समय र भारतले टिकटकमा लगाएको प्रतिबन्धको असर नेपालमा देखिएको थियो । भारतमा प्रतिबन्ध लगाउँदा नेपालमा चर्चा बटुल्नु र प्राटोकल परिवर्तन एकै पटक हुनुले क्यास सर्भरमा असर परेको थियो ।

यसले गर्दा टिकटकले मात्रै नेपालको कुल ब्याण्डविथको २५ प्रतिशत ब्याण्डविथ खपत गरेको थियो । त्यसबेला सेवा प्रदायकले टिकटकको सर्भर थप गर्न नसक्दा नेपालको इन्टरनेटमै समस्या परेको उल्लेख गरेका थिए ।

यसबारेमा सेवा प्रदायले प्राधिकरणमा पनि जानकारी दिएका हुन् । हाल टिकटकको लागि आकमाईको सर्भर थप भएसँगै टिकटकको समस्या भने समाधान भएको छ । तर, फेरि अहिले गुगलको अधिकतम प्रयोग भइरहँदा गुगलको क्यास सर्भरको खपत पनि बढेको छ, तर सर्भर बढाउनेतर्फ कुनै काम अघि बढेको छैन ।

प्राधिकरणका अनुसार यसलाई नियमनको दायरामा ल्याउन के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । यो विषयमा अध्ययन गरी नियमनको प्रारुप तयार गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्ने तयारी भएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ११ : ५३ बजे

प्रेम सुवालले भक्तपुरबाट गरे मतदान

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मतदान

आजपा अध्यक्ष प्रभु साहले रौतहटमा गरे मतदान

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रतिनिधिसभा

प्रथम महिला पौडेलद्वारा मतदान

दमौली– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास

विष्णु रिमालले गरे मतदान

काठमाडौं– नेकपा एमालेका नेता विष्णु रिमालले आशामन्दिर स्कूलमा पुगेर मतदान

‘मतदान अधिकार मात्र होइन, लोकतन्त्रको आधार र नागरिकको दायित्व’

काठमाडौं– पुर्वमन्त्री गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मतदान सम्पन्न गरेको