गण्डकी प्रदेशमा ६६ जना कोरोना संक्रमित थपिए « Khabarhub

गण्डकी प्रदेशमा ६६ जना कोरोना संक्रमित थपिए



पोखरा– गण्डकी प्रदेशमा शनिवार ६६ जना कोरोना भाइरस (कोभिड १९)संक्रमित थपिएका छन् ।

नयाँ संक्रमित थपिनेमा सबैभन्दा बढी पूर्वी नवलपरासी रहेको छ । पूर्वी नवलपरासीमा मात्रै शनिवार ४५ जना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका ३४ जना, हुप्सेकोट गाउँपालिकाका ९ जना र बुलिङटार गाउँपालिकाका २ जना रहेका छन् । हुप्सेकोट गाउँपालिकाकी एक जना महिला स्वास्थ्य स्वयंसेविका रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यसैगरी, कास्कीको पोखरा महानगपालिकाका १३ जना नयाँ संक्रमित थपिएका छन् । पोखरा महानगरपालिका–४ का ४१ बर्षीय पुरुष पोखरा विश्वबिद्यालयमा कार्यरत चिकित्सक हुन् ।

यस्तै, पर्वतका २ जना संक्रमित मध्ये १ महिला र १ पुरुष छन् । एक जना पुरुष भने नेपाली सेनामा कार्यरत हुन् ।

निर्देशनालयकाअनुसार स्याङजा फेदीखोलाका १ पुरुष र वालिङका १ महिला तथा लमजुङको मध्यनेपाल ६ का १ पुरुषमा पनि शनिवार कोरोना संक्रमण पुष्टी भएको छ भने तनहुँका थप ३ जनामा संक्रमण देखिएको छ ।

होम आइसोलेशनका संक्रमितलाई सम्पर्क चिकित्सक

गण्डकी प्रदेशका होम आइसोलेशनमा बसेका कोरोना संक्रमितहरुका सम्पर्क चिकित्सकहरु तय गरिएका छन् । पोखराका ५ वटा वडाका लागि एक जना चिकित्सक तोकिएको छ ।

पोखरा महानगर १ देखि ४ नम्बर वडाका लागि प्रसूति रोग विशेषज्ञ डा. रुपेशसिंह बस्न्यात, वडा नम्बर ५ देखि १० सम्म डा. सरल लामिछाने, वडा नम्बर ११ देखि १५ सम्म डा. अष्ट श्रीकृष्ण पौडेल, वडा नम्बर १६ देखि २० सम्म डा. अविकान्त खतिवडालाई तोकिएको छ ।

यसैगरी, वडा नम्बर २१ देखि २५ सम्म डा. सुनिल अर्याल, २६ देखि २९ नम्बर वडाका लागि डा. सुशील रेग्मी र ३० देखि ३३ सम्म डा. निकास बाबु पोखरेललाई सम्पर्क चिकित्सक तोकिएको छ । होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई कुनै समस्या भएका तोकिएका चिकित्सकहरुलाई सम्पर्क गर्न पनि स्वास्थ्य निर्देशनायले पोखराले आग्रह गरेको छ ।

लक्षणविहिन नयाँ संक्रमित होमआइसोलेशमा

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशनमा संक्रमित राख्ने ठाउँ अभाव भएपछि लक्षणविहिन नयाँ संक्रमितलाई घरमै रहन भनिएको छ ।

नयाँ संक्रमितहरुलाई कुनै पनि बेला समस्या हुन सक्ने भएकाले त्यसका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयले चिकित्सकहरुको ब्यवस्थापन मिलाएको छ । नयाँ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय २ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १२ : १९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर