गोदाममा भएको प्याज नबेच्नेलाई ३ लाख रुपैयाँसम्म जरिवाना ! « Khabarhub

गोदाममा भएको प्याज नबेच्नेलाई ३ लाख रुपैयाँसम्म जरिवाना !



काठमाडौँ- बजारमा अभाव देखाएर तरकारी व्यापारमा ठगी गर्ने व्यापारीलाई ३ लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ ।

प्याज आएको छैन भनेर पुरानै प्याजको भाउ बढाएर बेच्ने, गोदाममा भएको प्याज पनि नबेच्ने, बिल नकाटी प्याज बिक्री गर्नेजस्ता काम गरेर बजार व्यवस्थापनमा बाधा सिर्जना गरेपछि व्यापारीहरुलाई नगद जरिवाना तिराउन थालिएको हो ।

यसका लागि काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमन गरेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागलाई कारवाहीका लागि लेखेर पठाउने गरेको छ ।

यसका आधारमा बिभागले उपभोक्ता संरक्षण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर जरिवाना तिराउने गरेको छ ।

यस क्रममा हिजो विभागले वडा ३२ तीनकुनेको हरित सामुदायिक कृषि बजारमा होलसेल गर्ने ३ जना व्यापारीलाई तरकारी विषयगत क्षेत्रअन्तर्गत जनही ५५/५५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

यसरी जरिवाना तिर्नेमा उलक सब्जी भण्डार, दुलाल आलु भण्डार र बिजेश गौतम छन् ।

हिजै बिहान भएको अनुगमनका क्रममा व्यापारीले बिल लिने दिने नगरेको, सामान प्याज लुकाएको, व्यवसाय दर्ता नगरेको, स्टोर प्रमाणित नगराएको, नापतौल अद्यावधिक नगरेको जस्ता त्रुटी गरेकाकारण कारोबार रोक्का राखेर कारवाहीको प्रक्रिया अघि बढाएको थियो ।

यसैगरि वडा १३ कालीमाटीको आर के ट्रेडर्सलाई ३ लाख रुपैयाँ र रञ्जन आलु प्याज भण्डारलाई २ लाख ५० हजार रुपैयाँ, वडा १४ बल्खुको पशुपति आलु प्याज स्टोरलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

भदौ २९ गतेको अनुगमनका क्रममा भेटिएको बिल बिजकविना खाद्यान्नको होलसेल गर्ने न्यू सापकोटा स्टोरलाई २ लाख ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

काठमाडौं महानगरको वडा १६ वनस्थली चोकबाट सुरु हुने सिद्धिचरण सडकमा सञ्चालक यदुप्रसाद शर्मा बन्द सटरमा भित्रबाट सामान बिक्री गरिरहेको अवस्थामा भेटिएपछि कारवाहीका लागि शिफारिस गरिएको थियो । प्यासेजको ढोकाबाट मानिसहरु चामलका बोराहरु ओरारिरहेका थिए । व्यापारको परिचय खुल्ने कुनै बोर्ड वा परिचय पाटी थिएन । पसलमा दर्ता प्रमाण पत्र थिएन । खरिद बिक्री बिल थिएन ।

उनको यो विवरणले टिपेर अनुगमन समितिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कारवाहीका लागि पठाएको थियो । यसैका आधारमा विभागले असोज १ गते सञ्चालक शर्मालाई खाद्यान्न/तरकारी विषयगत क्षेत्रअन्तर्गत प्रचलित कानुनको पालना गरेर व्यापार गर्ने गरी जरिवाना तिराएको हो ।

यसैगरि कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा सञ्चालन गरेर शहरमा पानी वितरण गर्दै आएको माता सरस्वती खानेपानीको जारमा लेउ भेटिएपछि प्रालीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा रहेको अनुगमन समितिमा कृषि विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता अनुसन्धान मञ्चका प्रतिनिधि सदस्य समेत छन्।

अनुगमन टोलीले नगर प्रहरी र स्थानीय प्रहरीको समन्वयमा खाद्य वस्तु तथा पेय पदार्थ, तरकारी फलफुल, माछामासुसहित दैनिक उपभोग्य बस्तुको नियमित अनुगमन गरिरहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १२ : ३० बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन