नयाँ स्वरुपमा यस्तो बन्दैछ रानीपोखरी (फोटो फिचर) « Khabarhub

नयाँ स्वरुपमा यस्तो बन्दैछ रानीपोखरी (फोटो फिचर)



काठमाडौँ- रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। २०७२ सालको भूकम्पले क्षति पुगेको रानीपोखरी पुर्नर्निर्माणको काम वैशाखमा नै सक्काउने लक्ष्य भए पनि लकडाउनका कारण समय सीमा बढेको हो।

पोखरीको मध्य भागमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वर मन्दिर भने अहिलेको पुस्ताले देखेको भन्दा फरक स्वरुपमा निर्माण भइरहेको छ।

२०७२ सालमा भूकम्प जाँदा रानी पोखरीमा रहेको मन्दिर गुम्बज शैलीको थियो। भूकम्प पछि मन्दिर गुम्बज शैलीमा नै निर्माण गर्ने तयारी भए पनि पहिला उक्त मन्दिर ग्रन्थकुट शैलीमा रहेको प्रमाण फेला परेपछि मन्दिर मल्लकालीन शैलीमा पुनर्निर्माण भइरहेको छ।

ग्रन्थकुटबाट राणाकालमा उक्त मन्दिरको स्वरुप गुम्बज शैलीमा परिवर्तन गरिएको थियो। राणाकालमा निर्माण भएका अधिकांश मन्दिरहरु गुम्बज शैलीमा बनेका थिए।

पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रमा राणाकालीन शैलीमा नभएर ग्रन्थकुट (शिखर) शैलीमा बनाइएको पाइएको थियो। त्यसैलाई आधार मानेर स्थानीयले मल्लकालीन शैलीमा नै मन्दिर पुनर्निर्माण हुनुपर्ने माग गरेका थिए।

यस्तो बन्दैछ रानीपोखरी

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १ : ०१ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर