नयाँ स्वरुपमा यस्तो बन्दैछ रानीपोखरी (फोटो फिचर) « Khabarhub

नयाँ स्वरुपमा यस्तो बन्दैछ रानीपोखरी (फोटो फिचर)



काठमाडौँ- रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। २०७२ सालको भूकम्पले क्षति पुगेको रानीपोखरी पुर्नर्निर्माणको काम वैशाखमा नै सक्काउने लक्ष्य भए पनि लकडाउनका कारण समय सीमा बढेको हो।

पोखरीको मध्य भागमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वर मन्दिर भने अहिलेको पुस्ताले देखेको भन्दा फरक स्वरुपमा निर्माण भइरहेको छ।

२०७२ सालमा भूकम्प जाँदा रानी पोखरीमा रहेको मन्दिर गुम्बज शैलीको थियो। भूकम्प पछि मन्दिर गुम्बज शैलीमा नै निर्माण गर्ने तयारी भए पनि पहिला उक्त मन्दिर ग्रन्थकुट शैलीमा रहेको प्रमाण फेला परेपछि मन्दिर मल्लकालीन शैलीमा पुनर्निर्माण भइरहेको छ।

ग्रन्थकुटबाट राणाकालमा उक्त मन्दिरको स्वरुप गुम्बज शैलीमा परिवर्तन गरिएको थियो। राणाकालमा निर्माण भएका अधिकांश मन्दिरहरु गुम्बज शैलीमा बनेका थिए।

पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रमा राणाकालीन शैलीमा नभएर ग्रन्थकुट (शिखर) शैलीमा बनाइएको पाइएको थियो। त्यसैलाई आधार मानेर स्थानीयले मल्लकालीन शैलीमा नै मन्दिर पुनर्निर्माण हुनुपर्ने माग गरेका थिए।

यस्तो बन्दैछ रानीपोखरी

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना