प्रदेश १ मा थप ५९ जनामा संक्रमण, ७१ जना संक्रमणमुक्त « Khabarhub

प्रदेश १ मा थप ५९ जनामा संक्रमण, ७१ जना संक्रमणमुक्त


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ मा शनिबार थप ५९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा शनिबार पछिल्लो २४ घण्टामा गरिएको १ हजार १३५ जनाको पीसीआर परीक्षणमा थप ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १/१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला ५ पुरुष, झापाको विर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४९६ पुगेको छ । यस्तै प्रदेश १ मा शनिबार ७१ जना संक्रमणमुक्त भएका छन् । होम आइसोलेसनबाट ४५, गढी आईसोलेसन केन्द्र, सुनसरीबाट १४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगर, सुनसरीबाट ३ जना, मारवाडी सदन आईसोलेसन, कालिसदन आईसोलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५०३ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ६ : ०५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको