अप्रिलसम्म अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुन्छ : ट्रम्प « Khabarhub

अप्रिलसम्म अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुन्छ : ट्रम्प


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आउँदो वर्षको अप्रिलसम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने अमेरिकी राष्ट्रपति ट्रम्पले दाबी गरेका छन् ।

शुक्रबार आयोजना गरिएको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले वैज्ञानिकहरू निरन्तर खोपको काममा लागेकाले आउँदो अप्रिलसम्म अमेरिकामा खोप उपलब्ध हुने बताए ।

‘मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ,’ ट्रम्पले भने ।

खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि उनले जानकारी दिए । खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकाले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने उनको भनाइ छ ।

‘अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरुले यो खोप आविश्कारको काममा लागेका छन् र उनीहरुले यो खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेको बताएका छन्,’ ट्रम्पले भने ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ६ : २० बजे

नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुई संघठनले निकाले छुट्टाछुट्टै विज्ञप्ति

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

काठमाडौं– कुमारी बैंक लिमिटेडले हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले