राजयोग र सुखी जीवन दर्शाउने हस्तरेखा कुन ? « Khabarhub

राजयोग र सुखी जीवन दर्शाउने हस्तरेखा कुन ?


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा शास्त्रका अनुसार हत्केलामा बनेका रेखाका सहायताले कुनै पनि ब्यक्तिको भविष्य र उसको स्वभावका बारेमा भविष्यवाणी गर्न सकिन्छ । ज्योतिषशास्त्र अनुसार हत्केलामा राम्रो र खराब दुबै प्रकारको रेखा बनेको हुने गर्दछ ।

ज्योतिषशास्त्र अनुसार हत्केलामा बनेका शुभ निशानले ब्यक्तिको जीवनमा राजसुख प्राप्त गर्ने संकेत गर्दछ । राजयोगका अर्थ मन्त्री, मुख्यमन्त्री, राजदूत लगायतका पदको प्राप्ती हुन सक्छ ।

जुन ब्यक्तिको हत्केलामा शनि पर्वतमा त्रिशूलको निशान, भाग्य रेखालाई छुदै चन्द्र पर्वतबाट आएको हुन्छ यस्ता ब्यक्तिको प्रभाव बढ्ने गर्दछ । यस्ता ब्यक्ति ठुला अधिकारी हुने संभावना हुन्छ । ज्योतिषशास्त्र अनुसार यस्ता ब्यक्तिले सरकारी मानसम्मान प्राप्त गर्दछन् ।

हत्केलामा हलो र तलवारको निशान भए यस्ता ब्यक्तिलाई शुभ र राजयोगका समान फल प्राप्त हुने विश्वास गरीन्छ । जुन ब्यक्तिको हत्केलामा यस्ता निशान हुन्छन् उनीहरुले प्रसस्त धन सम्पती प्राप्त गर्ने विश्वास गरिन्छ ।

हत्केलामा मंगल पर्वत अग्लो भइ, मष्तिक रेखा दुई भागमा बाडिएको भए र कान्छि औला लामो भएमा यसले राजयोग सहित सरकारी क्षेत्रमा उच्च पद प्राप्त गर्ने संकेत गर्दछ ।

अनामिका औलाको फेदबाट निस्किएको रेखा मस्तिष्क रेखासंग मिली गुरु पर्वतमा छोएमा यस्ता ब्यक्तिले धनवान जीवन व्यतित गर्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : ४६ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा