दशैँ बजार : व्यापारीलाई खसी-बोकाको माग अनुमान गर्न कठिन « Khabarhub

दशैँ बजार : व्यापारीलाई खसी-बोकाको माग अनुमान गर्न कठिन

सिङ्मा हरियो रङ्ग भएका खसी-बोका किन्न महानगरको आग्रह



काठमाडौँ– यो वर्ष काठमाडौंमा खसी, बोका, भेडा च्याङ्ग्राको माग कति हुने हो ? अवस्था एकिन गर्न कठिन भएको व्यापारीले बताएका छन् ।

महानगरको पशु सेवा महाशाखाले कलंकी खसी बजारको निरीक्षण गर्न क्रममा व्यापारीले भने, ‘हरेक वर्षको दशैँमा कलंकी खसी बजारबाट औसत ५० देखि ६० हजार चौपाया बिक्री हुने गरेको थियो । महामारीले कति मानिस उपत्यका बाहिर गए ? कति जान्छन् ? दशैँ कसरी मनाउँछन्? भन्न सक्ने अवस्था नभएकाले चौपायाको खरिद बिक्री अनुमान गर्न नसकिने भयो ।’

काठमाडौँ चौपाया खरिद बिक्री प्रालिले यसपटक दशैँमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ ।

यसरी आउने चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट ३ वटा टोली परिचालन हुने भएका छन् ।

दशैँ पर्वमा खानका लागि प्रयोग हुने मासुजन्य खाद्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन हामी ३ टोली खटाउँदै छौं । महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झा भन्छन्, ‘डा. पूजा खनाल, डा. अञ्जिरमान सिंह डंगोल र डम्मरबहादुर बमको नेतृत्वमा ३ वटा टोली बनाएर चौपायाको स्वास्थ्य जाँच गर्दैछौं । संघ र प्रदेश सरकारसँग समन्वय गरेर तोकिएका ठाउँबाट स्वस्थ्य चौपाया बिक्री गर्ने गराउने हाम्रो दायित्व हो । त्यसैले तोकिएका ठाउँको व्यवस्थापन र नतोकिएका ठाउँबाट हुने बिक्रीलाई नियमन गर्नेछौं ।’

माछा मासुजन्य खाद्यबस्तु तथा दूध र डेरीजन्य खाद्यबस्तुको नमूना संकलन गर्ने, प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेर्नेछौं ।

दशैँमा प्रयोग हुने चौपायामध्ये च्याङ्ग्राको संख्या घटेकाले भाउ बढेको छ । चौपाया खरिद विक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार मुस्ताङ्मा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रति किलो ७ सय ५० हुँदा पुगेको छ ।

स्थानीय प्रशासनले सुरुमा यसको मूल्य ६ सय तोकेको थियो । यो मूल्यमा बिक्री नभएपछि पछि बढाएर ७५० पुर्‍याइएको हो ।

खड्काका अनुसार काठमाडौँमा यदि ६० हजार खसी बोकाको माग भयो भने आयात माग पूरा गराउन सकिन्छ । ल्याउन सकिने अवस्था छ । तर, ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन ।

काठमाडौँको ठूलो खसी बजार भनेको कलंकी हो । यो बजारमा स्टल लिएर व्यापार गर्ने २९ जना व्यापारी थिए ।

तीमध्ये १६ वटाले व्यापार छाडे । अहिले १६ स्टलबाट व्यापार भइरहेको छ । यी स्टलसँग व्यापार गर्ने बढीमा १ सय जना व्यापारी होलान् । लकडाउनले व्यापारीको संख्या घटायो । चौपाया खरिद बिक्री प्रालिका पदाधिकारीकाअनुसार, यस बजारबाट मासिक औसत ४० हजार चौपाया खरिद बिक्री हुने गरेको छ ।

पछिल्लो समय शहरका केही ठाउँका मासु पसलले महिनामा १ हजारवटाभन्दा धेरै चौपायाको मासु बेच्न थालेका छन् । ती पसलले चौपाया सोझै खरिद गरेर ल्याउन थालेका छन् ।

काठमाडौँ महानगरको कलंकी र टुकुचामा खसी बजार छ । यसै गरी दशैँका बेला काठमाडौँकै आकाशेधारा कपन, चाल्नाखेल, चन्द्रागिरी, भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ ।

स्वच्छ मासुका लागि काठमाडौँ भित्रिने नाकाहरु नागढुङ्गा, दक्षिणकाली, बालाजु, साँगामा निगरानी बढाउने गरिन्छ ।

काठमाडौँ ल्याइने च्याङग्राहरुको संकलन मुस्ताङ्को कोरला नाकामा हुने भएकोले यस क्षेत्रमा पनि बिशेष निगरानी बढाउने गरिन्छ ।

महानगरले आफ्नो भौगोलिक क्षेत्रसँगै अन्तर नगर, साझेदारबीच समन्वय गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : १८ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर