आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै « Khabarhub

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) साविक उपविजेता चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा चेन्नई र राजस्थान आफ्नो दशौँ खेलका लागि मैदान उत्रने छन् । चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नई चौथो जितको खोजीमा हुनेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई ९ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

राजस्थानलाई हराएर चेन्नई अंक तालिका सुधार गर्न चाहन्छ ।

यस्तै चेन्नई सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा राजस्थानसँग चेन्नई १६ रनले पराजित भएको थियो ।

तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउँन चेन्नईलाई कठिन हुनेछ । पुछारमा रहेको राजस्थान पनि चेन्नईलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

राजस्थानले ९ खेलमा ६ अंक जोडेको छ । राजस्थान पनि चौथो जित निकाल्ने योजनामा हुनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : १५ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा