मोरङमा आईपीएलको सट्टेबाजी खेलाउने ३ पक्राउ « Khabarhub

मोरङमा आईपीएलको सट्टेबाजी खेलाउने ३ पक्राउ


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- संयुक्त अरब इमिरेट्स (युएई)मा जारी इन्डियन प्रिमयर लिग (आईपीएल) क्रिकेक खेलमा सट्टेबाजी खेलाउने ३ जनालाई मोरङबाट प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर नगरपालिका-१६ बस्ने ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर-१५ का २८ बर्षीय अपजर अली रहेका छन् ।

पक्राउ परेका तीनै जनाले आईपीएल क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ थान मोबाईल र को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनिहरुले अनलाइनबाट कुन टिमको हारजीत हुन्छ भनि बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ५ : ५४ बजे

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर