सिभिल अस्पतालमा उपचाररत कोरोना संक्रमितले नगद जम्मा गरेपछि मात्रै खाना पाउने | Khabarhub Khabarhub

सिभिल अस्पतालमा उपचाररत कोरोना संक्रमितले नगद जम्मा गरेपछि मात्रै खाना पाउने


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजामती कर्मचारी अस्पतालमा उपचाररत कोरोना संक्रमितले क्यान्टिनमा नगद जम्मा गरेपछि मात्र खाना पाउने भएका छन्।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै कोरोना सङ्क्रमित भई उपचाररतले खानाको लागि क्यान्टिनमा अग्रिम रूपमा नगद जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको हो।

‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार कोरोना सङ्क्रमण भई उपचार बिरामीहरुले कार्तिक २ गतेदेखि लागू हुनेगरी सम्पूर्ण खर्च बिरामीले व्यहोर्नुपर्ने जानकारी गराइन्छ’ सूचनामा भनिएको छ, ‘साथै खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने जानकारी गराइन्छ।’

कार्तिक दुई गते सरकारले कोरोना सङ्क्रमितको उपचार सङ्क्रमित आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको थियो।

यस्तो छ सूचना

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर