‘छक्का पञ्जा ४’ पछि ‘छ माया छपक्कै २’ बन्ने « Khabarhub

‘छक्का पञ्जा ४’ पछि ‘छ माया छपक्कै २’ बन्ने


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता रोहित अधिकारीले ‘छ माया छपक्कै’ को सिक्वेल निर्माण गर्ने बताएका छन् ।

गतवर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को सिक्वेल बन्नेबारे रोहितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘छ माया छपक्कै २ पक्कै बन्छ, तर धेरै कुराहरु फेरिनेछन्,’ रोहितले लेखेका छन् ।

यो फिल्मको काम तत्काल भने हुने छैन । फिल्मको कथा दीपेन्द्र लामाले लेखिरहेका छन् । यस्तै फिल्ममा निर्देशन पनि दीपेन्द्रकै रहने बताइएको छ ।

फिल्ममा दीपकराज गिरीको टिम भने रहनेछ । साथै गिरी टिमले निर्माण गर्ने फिल्म ‘छक्का पञ्जा ४’ पछि मात्र ‘छ माया छपक्कै २’ को काम थालिनेछ ।

यता रोहितले पनि अनमोल केसीलाई शीर्ष भूमिकामा लिएर अर्को फिल्मको तयारी थालेका छन् । उक्त फिल्ममा दिनेश राउतको निर्देशन रहनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ४२ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले