लोक सेवाको परीक्षा अनिश्चितकालका लागि स्थगित (सूचनासहित) « Khabarhub

लोक सेवाको परीक्षा अनिश्चितकालका लागि स्थगित (सूचनासहित)


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।

आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे।

आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूमा सिर्जना भएको एवं आयोगका कर्मचारीहरूसमेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू बन्द गर्नु परेको तथा कर्मचारीहरू आइसोलेसनमा रहेको कारण जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापनमा समस्था उत्पन्न हुने जनाउँदै कात्तिक १६ गतेदेखि सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको आयाेगले जनाएको छ।

यसैगरी राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका रिक्त पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापनमा दरखास्त संकलनलगायत सम्पूर्ण प्रक्रियासमेत अनिश्चितकालका लागि स्थगित गरिको छ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि अर्को आदेश वा सूचना नभएसम्मका लागि दरखास्त संकलनलगायत सम्पूर्ण प्रक्रिया स्थगित गरिएको जानकारी दिएको हो।

यस्तो छ सूचना

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ५९ बजे

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६