सवारीसाधनमा चैत ११ अघिकै भाडादर लागु हुने « Khabarhub

सवारीसाधनमा चैत ११ अघिकै भाडादर लागु हुने


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छोटो, मध्यम र लामो दूरीका सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागु हुने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै लकडाउन हुनुअघिकै भाडादर कायम गर्ने निर्णय गरेको हो ।

असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

सार्वजनिक सवारी साधनको सिट क्षमता अनुसारको यात्रु बोक्न पाउने र भाडादर बन्दाबन्दी हुनुअघि अर्थात चैत ११ गते अगाडिकै कायम रहने मन्त्रिपरिषद्को निर्णय रहेको उनले बताए ।

त्यस्तै, आन्तरिक हवाई उडानमा पनि सोही व्यवस्था लागु गरिएको छ । आन्तरिक हवाई उडानमासमेत सिट क्षमता अनुसार यात्रु बोक्न सक्ने र भाडादर भने चैत ११ अघिकै कायम गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ३१ बजे

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर