प्रदेश १ सरकारलाई युएनडीपीद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

प्रदेश १ सरकारलाई युएनडीपीद्वारा स्वास्थ्य सामग्री सहयोग


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले प्रदेश १ सरकारलाई रु. ७५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको छ ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई ती स्वास्थ्य सामग्री तथा उपकरण सोमबार हस्तान्तरण गरिएको हो ।

युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटरलगायत समग्री सहयोग गरेको हो ।

एक कार्यक्रमबीच सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुख धनबहादुर चन्दले स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

मन्त्री घिमिरेले विराटनगरस्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताउँदै प्राप्त सामग्रीले सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ४० बजे

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर