इटाली नेशन्स लिग फुटबलको फाइनल्स चरणमा   « Khabarhub

इटाली नेशन्स लिग फुटबलको फाइनल्स चरणमा  


४ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटाली नेशन्स लिग फुटबलको फाइनल्स चरणमा प्रवेश गरेको छ ।

समूह ए थ्री अन्तर्गत बुधबार राति भएको खेलमा बोज्निया–हर्जगोविनालाई २–० ले पराजित गर्दै इटाली फाइनल्स चरणमा पुगेको हो ।

अवे मैदानमा भएको खेलमा इटालीलाई जिताउन बेलोती र बेरार्डीले गोल गरे । इटाली १२ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै फाइनल चरण पुगेको हो ।

यस्तै बुधबार राति नेदरल्याण्डसले पोल्याण्डलाई २–१ ले पराजित गरे पनि फाइनल्स चरणमा स्थान बनाउन सकेन ।

नेदरल्याण्डसका लागि ७७औँ मिनेटमा मेम्फिस डिपे र ८४औँ मिनेटमा जर्जिनिओ विनाल्डमले पेनाल्टीमा गोल गरे ।

पोल्याण्डले पाँचौँ मिनेटमा कामिल जोज्विकले गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार बेहोर्‍यो । जितपछि नेदरल्याण्डसको ११ अंक भयो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ६ : ३४ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको