विप्लव समूहका पाल्पा जिल्ला इन्चार्जसहित २ जना पक्राउ « Khabarhub

विप्लव समूहका पाल्पा जिल्ला इन्चार्जसहित २ जना पक्राउ


४ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – प्रहरीले विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई आज बिहान बुटवलबाट पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पत्रितसिंह राठौरका अनुसार सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंहसहित पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूबाट विफोस्टक पदार्थ र पार्टीको दस्तावेज समेत रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको छ । साथै उनीहरूलाई बिस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ३ : २० बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो