शेयर बजारमा नयाँ रेकर्ड, बिहीबार ६ अर्बभन्दा बढीको कारोबार « Khabarhub

शेयर बजारमा नयाँ रेकर्ड, बिहीबार ६ अर्बभन्दा बढीको कारोबार


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।

लगातार उकालो लागेको बजारमा आज पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै नभई कारोवार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३६.३२ सुधार आई एक हजार ७७८.१२ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९८ विन्दुले बढेर ३४३.०७ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बीमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बीमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ४१ करोड आठ लाख ४५ हजार ३१० बराबरको कारोवार भयो । यस्तै हिमालयन डिस्टिलरी रु २७ करोड सात लाख ५३ हजार ५३९, नेपाल लाइफ इन्स्योरेन्स रु २६ करोड १२ लाख ९९ हजार ६५१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ४३ लाख १७ हजार ४०९, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ३१ लाख ५६ हजार १५२, नेको इन्स्योरेन्स रु १६ करोड ७७ लाख ९५ हजार ५३७, शिवम् सिमेन्ट रु १६ करोड १८ लाख ६२ हजार ७६७ र एनआइसी एशिया बैंक रु १५ करोड ६० लाख ८० हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

यस्तै कारोवारका आधारमा युनिलिभर नेपाल १०, तारगाँउ रिजेन्सी होटल १०, हिमालयन डिस्टलरी ९.९९ बोलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९८, साल्ट टे«डिङ कर्पोरेशन ९.९४, नेको इन्स्योरेन्स ९.९४, नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए ।

त्यसैगरी प्रभु बैंकको ऋणपत्र २.२९, सनराइज म्युचअल फण्ड २.१८, एसबीएल ऋणपत्र १.९८, रैराङ हाइड्रोपावर १.९२, ग्लोबल आइएमई ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ४ : १० बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला