टिकटकर निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ « Khabarhub

टिकटकर निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ


४ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकमा भिडियो बनाएर चर्चामा आएकी टिकटकर निकिशा श्रेष्ठलाई दुर्व्यवहार गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीका अनुसार टिकटकमा दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको छ ।

भिडियोमा मोटरसाइकलमा आएका युवाले बाटोमा हिँड्दै गरेकी निकिशालाई जिस्काउनुका साथै अपमानजनक शब्द प्रयोग गरेका थिए । सो भिडियोको विषयमा सामाजिक सञ्जालमा विरोध भएको थियो ।

निकिशाले शुरुमा आफूलाई केटा भनेर चिनाएको र पछि चर्चा पाउन केटी भएको अभिनय गरेको भन्दै उनको आलोचना पनि हुने गर्छ । बारम्बार विवादमा मुछिए पनि टिकटक प्रयोगकर्तामाझ निकिशाको चर्चा हुने गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ५ : २२ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल