टिकटकर निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ « Khabarhub

टिकटकर निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकमा भिडियो बनाएर चर्चामा आएकी टिकटकर निकिशा श्रेष्ठलाई दुर्व्यवहार गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीका अनुसार टिकटकमा दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको छ ।

भिडियोमा मोटरसाइकलमा आएका युवाले बाटोमा हिँड्दै गरेकी निकिशालाई जिस्काउनुका साथै अपमानजनक शब्द प्रयोग गरेका थिए । सो भिडियोको विषयमा सामाजिक सञ्जालमा विरोध भएको थियो ।

निकिशाले शुरुमा आफूलाई केटा भनेर चिनाएको र पछि चर्चा पाउन केटी भएको अभिनय गरेको भन्दै उनको आलोचना पनि हुने गर्छ । बारम्बार विवादमा मुछिए पनि टिकटक प्रयोगकर्तामाझ निकिशाको चर्चा हुने गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ५ : २२ बजे

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको