भारतीय विदेश सचिव हर्षवर्द्धनको दुई दिने नेपाल भ्रमण तय | Khabarhub Khabarhub

भारतीय विदेश सचिव हर्षवर्द्धनको दुई दिने नेपाल भ्रमण तय


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगाले यही नोभेम्बर २६ तारिखबाट नेपालको  दुई दिने भ्रमण गर्ने भएका छन् ।

गत पुसमा भारतको विदेश सचिव नियुक्त भएका श्रृंगलाले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन् ।

भ्रमणको क्रममा श्रृंगलाले समकक्षी भरतराज पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट्ने कार्यक्रम समेत तय भएको जनाइएको छ ।

गत वर्ष भारतले कालापानी लगायतको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहंदै आएको छ । उनको भ्रमणले दुई देशको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

विदेश सचिव श्रृंगलाको भ्रमणलगत्तै दुवै देशको परराष्ट्र मन्त्रीस्तरमा समेत भ्रमण हुने तयारी भइरहेको स्रोतले जनाएको छ ।

पछिल्लो समय नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा समस्या हल गर्ने, विकास आयोजनामा भारतीय लगानी बढाउने लगायत विषयमा आन्तरिक छलफल भइरहेको छ ।

‘भारतले सीमा समस्या समाधान सँगसँगै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउन ठोस सहमति गर्न खोजेको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘भारतले नेपाली जनताले देख्ने गरी ठूला परियोजनालाई समेत अगाडि बढाउन खोजेको देखिन्छ । विकास साझेदारी बढाउन चाहेको छ ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रूपमा भारतिय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

गोयलको भ्रमणपछि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले समेत नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ५ : ४९ बजे

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा