छठ मधेस-पहाड जोड्ने साझा पर्व हो : मन्त्री भट्टराई « Khabarhub

छठ मधेस-पहाड जोड्ने साझा पर्व हो : मन्त्री भट्टराई


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  छठ मधेस, पहाड र हिमाललाई जोड्ने साझा पर्व भएको बताएका छन् ।

वीरगंजमा प्रदेश २ सरकार, उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘एक प्रदेश एक साँस्कृतिक पर्व’ अर्थात प्रदेश २ को मुख्य साँस्कृतिक पर्वको महत्व सम्बन्धी कार्यक्रममा उनले छठ हिमाल, पहाड र तराईलाई जोड्ने साझा पर्वको रुपमा विकसित हुँदै गएको बताएका हुन् ।

छठ पर्व पछिल्लो समय तराई मधेस सँगसँगै पहाडी र हिमाली विभिन्न जिल्लामा सामाजिक एक रुपताका साथ मनाउने भएकोले देशको सामाजिक एकताको बन्धनमा जोड्ने पर्वको रुपमा चिनिएको स्पष्ट पारे।

‘छठ अब मधेस तराईको मात्र पर्व रहेन, हिमाली जिल्ला ताप्लेजुगका शेर्पाहरुले समेत तमोर खोलाको किनारमा छठ पर्व मनाएको फेसबुकमा फोटो हेरेको छु,’ उनले भने।

घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा उनले छठ पर्व अन्धविश्वास र आध्यात्मिक पर्व नभएर यो विशुद्ध वैज्ञानिक पर्व समेत भएको धारणा राखे।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छठ प्रदेश २ को मुख्य चाडपर्व भएको बताउँदै कोरोना महामारीकाे विषम परिस्थितिमा सुरक्षा सावधानी अपनाएर पर्व मनाउन सबैमा आग्रह गरे ।

पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवले केन्द्रीय पर्यटन मन्त्रालयले तराई मधेसको धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणको लागि बजेट नदिने गरेको आरोप लगाए।

 

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ९ : ३२ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी