छठ मधेस-पहाड जोड्ने साझा पर्व हो : मन्त्री भट्टराई « Khabarhub

छठ मधेस-पहाड जोड्ने साझा पर्व हो : मन्त्री भट्टराई


४ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  छठ मधेस, पहाड र हिमाललाई जोड्ने साझा पर्व भएको बताएका छन् ।

वीरगंजमा प्रदेश २ सरकार, उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘एक प्रदेश एक साँस्कृतिक पर्व’ अर्थात प्रदेश २ को मुख्य साँस्कृतिक पर्वको महत्व सम्बन्धी कार्यक्रममा उनले छठ हिमाल, पहाड र तराईलाई जोड्ने साझा पर्वको रुपमा विकसित हुँदै गएको बताएका हुन् ।

छठ पर्व पछिल्लो समय तराई मधेस सँगसँगै पहाडी र हिमाली विभिन्न जिल्लामा सामाजिक एक रुपताका साथ मनाउने भएकोले देशको सामाजिक एकताको बन्धनमा जोड्ने पर्वको रुपमा चिनिएको स्पष्ट पारे।

‘छठ अब मधेस तराईको मात्र पर्व रहेन, हिमाली जिल्ला ताप्लेजुगका शेर्पाहरुले समेत तमोर खोलाको किनारमा छठ पर्व मनाएको फेसबुकमा फोटो हेरेको छु,’ उनले भने।

घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा उनले छठ पर्व अन्धविश्वास र आध्यात्मिक पर्व नभएर यो विशुद्ध वैज्ञानिक पर्व समेत भएको धारणा राखे।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छठ प्रदेश २ को मुख्य चाडपर्व भएको बताउँदै कोरोना महामारीकाे विषम परिस्थितिमा सुरक्षा सावधानी अपनाएर पर्व मनाउन सबैमा आग्रह गरे ।

पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवले केन्द्रीय पर्यटन मन्त्रालयले तराई मधेसको धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणको लागि बजेट नदिने गरेको आरोप लगाए।

 

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ९ : ३२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,