सभापति देउवाद्वारा चिकित्सकद्वय झा र थापाको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा चिकित्सकद्वय झा र थापाको निधनप्रति दुःख व्यक्त


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ मुटु रोग विशेषज्ञ डा सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा नारायणबहादुर थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कोरोना संक्रमित डाक्टरद्वय झा र थापाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गत सोमबार विहान निधन भएको थियो । उनले आज एक विज्ञप्तिमार्फत दुवै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

सभापति देउवाले नेपालको चिकित्सा क्षेत्रमा दुबै जनाको लामो योगदान स्मरणीय रहने उल्लेख गरेका छन् ।

मृतक दुवैका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सभापति देउवाले कोरोना विरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुवै थरीको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ८ : १६ बजे

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी

पुरानाको आसेपासे भर्ती केन्द्र समानुपातिक प्रणालीलाई नयाँले ‘एलिट’को क्लब बनाइदिए

काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर