सभापति देउवाद्वारा चिकित्सकद्वय झा र थापाको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा चिकित्सकद्वय झा र थापाको निधनप्रति दुःख व्यक्त


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ मुटु रोग विशेषज्ञ डा सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा नारायणबहादुर थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कोरोना संक्रमित डाक्टरद्वय झा र थापाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गत सोमबार विहान निधन भएको थियो । उनले आज एक विज्ञप्तिमार्फत दुवै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

सभापति देउवाले नेपालको चिकित्सा क्षेत्रमा दुबै जनाको लामो योगदान स्मरणीय रहने उल्लेख गरेका छन् ।

मृतक दुवैका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सभापति देउवाले कोरोना विरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुवै थरीको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ८ : १६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, जोरालाई मौका

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले

टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया

काठमाडौं– अष्ट्रेलिया आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। जिम्बाब्वे र आयरल्यान्ड

काठमाडौं-तराई द्रुतमार्ग : खोकनाको विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई-मधेस द्रुतमार्गको प्रस्थान विन्दु खोकनाको विवाद