अमेरिकामा कोरोनाको दोस्रो खोप स्वीकृत, मोदेर्नाको खोप पनि सर्वसाधारणलाई लगाइने « Khabarhub

अमेरिकामा कोरोनाको दोस्रो खोप स्वीकृत, मोदेर्नाको खोप पनि सर्वसाधारणलाई लगाइने


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि स्वीकृत गरेको छ ।

खोप तथा औषधि सम्बन्धी अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले मोदेर्नाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको बीबीसीले जनाएको छ ।

एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले मोदेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै सर्वसम्मतरूपमा स्वीकृति प्रदान गर्न सुझाए लगत्तै एफडीएले स्वीकृति दिएको हो ।

यसअघि एफडिएले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेपछि हाल सर्वसाधारणलाई लगाउन थालिएको छ ।

दुई खोपले स्वीकृति पाएसँगै कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा परेको अमेरिकामा सर्वसारधारणको जीवन सुरक्षित हुने अपेक्षा गरिएको छ ।

अमेरिकामा शनिबार यो समाचार तयार पार्दा ३ लाख २० हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ भने १ करोड ७८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : १९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु