११ वर्षसम्म साउदीमा बन्धक नेपाली महिला स्वदेश फिर्ता « Khabarhub

११ वर्षसम्म साउदीमा बन्धक नेपाली महिला स्वदेश फिर्ता


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीमा ११ वर्षसम्म बन्धक भएकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।

रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए ।

ताबुक शहरमा रहेको साउदी नागरिकको घरमा ११ बर्षसम्म  बिना तलब काम मात्र लगाउने र ती महिलालाई बन्धक बनाएको खबर पाउने बितिकै साउदीको जेद्धास्थित महावाणिज्य दूतावासको पहल र एनआरएनएको समन्वयमा उनको सकुशल उद्धार गरिएको थियो ।

पीडित महिलाको उद्धारका लागि महावाणिज्य दूतावासका श्रम सहचारी प्रेमप्रसाद उपाध्यायसहितको टोली सक्रिय भएको थियो ।

ती महिलालाई खाना र बस्नको ब्यबस्था मिलाउनुका साथै, हवाइ टिकटको लागि अंशिक रकम, पीसीआर परीक्षणका लागि रकम उपलब्ध गराएको प्रवक्ता न्यौपानेले बताए ।

दूतावासले सम्पूर्ण कानूनी प्रक्रिया अगाडि बढाएर पीडित महिलाको वर्षौं देखि नपाएको तलब क्षतिपूर्ति सहित उनको उद्धार गरि दूतावासकै सेल्टरमा केही दिन राखी गत १५ डिसेम्बरमा अलजजिरा एयरलाइन्सको उडान मार्फत स्वदेश  पठाइएको न्यौपानेले बताए ।

उनलाई झापाकै दलालले राम्रो कमाई हुने प्रलोभन देखाएर भारतको बाटो हुँदै साउदी पुर्‍याएको बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ९ : २७ बजे

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

मुम्बई– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी

व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्नेमा जोड

बेलबारी–  स्थानीयस्तरमा जडान गरिने सौर्य लिफ्टिङ प्रणाली तथा लघु जलविद्युत् आयोजना

साफ महिला क्लब च्याम्पियनसिप : उद्घाटन खेल जारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि काठमाडौंको

बादल भन्छन्- अहिले नेतृत्व फेर्ने होइन, ओलीकै अगुवाइमा एमालेलाई ठूलो पार्टी बनाउने हो 

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले अहिले लोकतान्त्रिक राजनीतिक

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा रक्तदान

काठमाडौं– एमालेको ११ औं महाधिवेशनको पुर्वसन्ध्यामा पार्टी कार्यालय च्यासलमा आज