न्यानो कपडा वितरण गर्न रसुवामा गरीब घर पहिचान | Khabarhub Khabarhub

न्यानो कपडा वितरण गर्न रसुवामा गरीब घर पहिचान


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवामा न्यानो कपडा वितरण गर्न गरीब घर परिवारको पहिचान गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका गरिब जनतालाई चिसोबाट जोगाउने सरकारको नीति कार्यान्वयन गर्दै रातको समयमा ओढ्ने न्यानो कपडा कम्बल वितरण गर्न जिल्ला विपद् व्यवस्थापन  समितिको तर्फबाट विवरण सङ्कलन गरिएको हो ।

उत्तरी रसुवामा निकै चिसोपन बढेको र फाट्टफुट्ट वर्षा हुँदासाथ हिमपात हुने सम्भावनालाई मध्यनजर राख्दै जुन स्थानीयवासीले खरिद गर्न सक्दै त्यस्ता गरिब परिवारलाई दिनको समयमा आगो ताप्न लाङटाङ राष्ट्रिय निकुञ्ज एवं जिल्ला वन कार्यालय रसुवामार्फत दाउरा उपलब्ध गराउने व्यवस्था मिलाइ सकिएको छ ।

रातको समयमा सुत्न आवश्यक पर्ने तातोलुगा र कम्बल वितरणका लागि पूर्वतयारीको विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

स्थानीय तहमार्फत सङ्कलन गरिएको विवरणमा ६३३ को नामावली प्राप्त भएकाले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट प्राप्त नामावली यकिन गर्ने कामसमेत अगाडि बढाई न्यानो कपडा र कम्बल खरिदको रकम निकासा गर्न गृहमन्त्रालयमा अनुरोधपत्रसमेत पठाइ सकिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

पुस महिनाको प्रारम्भसँगै समुद्री सतहदेखि एक हजार ८०० मिटरभन्दा माथिका भागमा पानी जम्न थालिसकेको कारण स्थानीयवासीले घरआँगनमा आगो बालेर ताप्न थालिसकेका छन् ।

चिसोको असरले कालिका गाउँपालिकाको स्याउबारी, राम्चे तथा ग्राङ नौकुण्ड गाउँपालिकाको यार्सा, सिङ्बन्दी, चोरेचो, गाङभर, गोसाइँकुण्ड गाउँपालिकाको ठाडे, धुञ्चे, नागुङ, भार्खु, ठूलोस्याफ्रु, लाङटाङ, बृद्विम, ब्राबल, टिमुरेको खैदी, थुमन क्षेत्र हिमपातको समयमा बढी प्रभावित हुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।

यसैगरी उत्तरगया गाउँपालिकाको तिरू, मरूम्राङ एवं आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, गतलाङ, ग्रे, गोल्जुङ, सिम्बु, टेचाङ्दे, तातोपानी पाजुङलगायतका स्थानमा भारी मात्राले हिमपात हुने स्थानीयवासीले विगतको यथार्थ अनुभव बताएका छन् ।

हिमापात भएको बेला पैदलमार्गसमेत चिप्लो हुने  भएकाले जोखिम अवस्थामा अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न, बालबालिका र ज्येष्ठ नागरिकलाई घरभित्रको तातो स्थानमा राख्न, तातोतातो  खानेकुरा खाना खुवाउन, न्यानो लुगा प्रयोग गर्न गराउन, घरभित्र आगो बाल्दा झ्याल वा ढोका दुईमध्ये एक खुल्ला राख्न  र उद्धारका लागि सहयोग आवश्यक परेमा जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्नसमेत अनुरोध गरिएको प्रजिअ पन्तले बताए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ११ : ०५ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र