टिम आबूधाबीमा पाएको नयाँ भूमिकाले उत्साहित छु- पारस खड्का « Khabarhub

टिम आबूधाबीमा पाएको नयाँ भूमिकाले उत्साहित छु- पारस खड्का


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टिम आबूधाबीले पाएको नयाँ भूमिकाले उत्साहित भएको बताएका छन् ।

गतवर्ष टी-टेन लिगमा टिम आबूधाबीमा खेलाडीको रुपमा रहेका पारसलाई यस पटक इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरिएपछि उनी उत्साहित भएका हुन् ।

पारसले अव उदयमान युवा प्रतिभा खेलाडीलाई टी-टेनमा खेल्ने अवसरसमेत प्रदान गर्ने जिम्वारी पनि पाएका छन् । यसमा नेपाली खेलाडीले मौका पाउन सक्ने ठानिएको छ ।

‘टिम आबूधाबीले मैले पाएको नयाँ भूमिकाले म म उत्साहित छु । नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा वृद्धि हुने माध्यम बन्नेमा आशा छ । टिम आबूधाबीमा हाम्रा क्रिकेटरहरुलाई थप अवसर मिल्ने छ’, पारसले सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै भनेका छन् ।

टी- टेन लिग आगमी जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया