टिम आबूधाबीमा पाएको नयाँ भूमिकाले उत्साहित छु- पारस खड्का | Khabarhub Khabarhub

टिम आबूधाबीमा पाएको नयाँ भूमिकाले उत्साहित छु- पारस खड्का


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टिम आबूधाबीले पाएको नयाँ भूमिकाले उत्साहित भएको बताएका छन् ।

गतवर्ष टी-टेन लिगमा टिम आबूधाबीमा खेलाडीको रुपमा रहेका पारसलाई यस पटक इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरिएपछि उनी उत्साहित भएका हुन् ।

पारसले अव उदयमान युवा प्रतिभा खेलाडीलाई टी-टेनमा खेल्ने अवसरसमेत प्रदान गर्ने जिम्वारी पनि पाएका छन् । यसमा नेपाली खेलाडीले मौका पाउन सक्ने ठानिएको छ ।

‘टिम आबूधाबीले मैले पाएको नयाँ भूमिकाले म म उत्साहित छु । नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा वृद्धि हुने माध्यम बन्नेमा आशा छ । टिम आबूधाबीमा हाम्रा क्रिकेटरहरुलाई थप अवसर मिल्ने छ’, पारसले सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै भनेका छन् ।

टी- टेन लिग आगमी जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : ५० बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग