प्रहरी चौकी बनाउन निःशुल्क जग्गा उपलब्ध « Khabarhub

प्रहरी चौकी बनाउन निःशुल्क जग्गा उपलब्ध


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– तारकेश्वर गाउँपालिका–१ छापाडाडाँस्थित प्रहरी चौकी दाङसिङका लागि नयाँ भवन बनाउन स्थानीयवासी मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

राज्य पुनःसंरचनापश्चात गाउँपालिका केन्द्रको सुरक्षा जिम्मेवारी बहन गर्न तथा धादिङसँग जोडिएको सीमा क्षेत्र हुँदै हुनसक्ने आपराधिक गतिविधि रोक्न स्थापना गरिएको चौकीको नयाँ भवन बनाउन उनले जग्गा दिएका हुन् ।

उनले प्रहरी चौकीका जग्गा जिल्ला मालपोत कार्यालय नुवाकोटमा शुक्रबार स्वामित्व हस्तान्तरण गरे । जग्गाधनी प्रमाणपत्र लालपुर्जा हस्तान्तरण गर्दै उनले सम्पत्तिभन्दा ठूलो सुरक्षा भएकाले चौकी निर्माणका लागि आवश्यक जग्गा दिन पाउँदा खुशी लागेको बताए। उनका अनुसार उक्त जग्गाको मूल्य चलनचल्तीको कारोवारमा रु १५ लाखभन्दा बढी पर्दछ ।

प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराउनुभएका तामाङसहित उनको छोरा सिंहबहादुर, फूलबहादुर, बमबहादुर र श्रीबहादुरलाई नुवाकोट प्रहरीले कदरपत्रले सम्मान गरेको छ ।

जग्गा दातालाई प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल र जिल्ला प्रहरी प्रमुख कार्कीले संयुक्तरूपमा सम्मान गर्दै आगामी दिनमा समुदायमा शान्ति सुरक्षा स्थापनाका लागि पनि सहयोग कायम राख्न आग्रह गरे ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  २ : २१ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै