प्रहरी चौकी बनाउन निःशुल्क जग्गा उपलब्ध « Khabarhub

प्रहरी चौकी बनाउन निःशुल्क जग्गा उपलब्ध


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– तारकेश्वर गाउँपालिका–१ छापाडाडाँस्थित प्रहरी चौकी दाङसिङका लागि नयाँ भवन बनाउन स्थानीयवासी मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

राज्य पुनःसंरचनापश्चात गाउँपालिका केन्द्रको सुरक्षा जिम्मेवारी बहन गर्न तथा धादिङसँग जोडिएको सीमा क्षेत्र हुँदै हुनसक्ने आपराधिक गतिविधि रोक्न स्थापना गरिएको चौकीको नयाँ भवन बनाउन उनले जग्गा दिएका हुन् ।

उनले प्रहरी चौकीका जग्गा जिल्ला मालपोत कार्यालय नुवाकोटमा शुक्रबार स्वामित्व हस्तान्तरण गरे । जग्गाधनी प्रमाणपत्र लालपुर्जा हस्तान्तरण गर्दै उनले सम्पत्तिभन्दा ठूलो सुरक्षा भएकाले चौकी निर्माणका लागि आवश्यक जग्गा दिन पाउँदा खुशी लागेको बताए। उनका अनुसार उक्त जग्गाको मूल्य चलनचल्तीको कारोवारमा रु १५ लाखभन्दा बढी पर्दछ ।

प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराउनुभएका तामाङसहित उनको छोरा सिंहबहादुर, फूलबहादुर, बमबहादुर र श्रीबहादुरलाई नुवाकोट प्रहरीले कदरपत्रले सम्मान गरेको छ ।

जग्गा दातालाई प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल र जिल्ला प्रहरी प्रमुख कार्कीले संयुक्तरूपमा सम्मान गर्दै आगामी दिनमा समुदायमा शान्ति सुरक्षा स्थापनाका लागि पनि सहयोग कायम राख्न आग्रह गरे ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  २ : २१ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले