२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ। जसमध्ये पछिल्लो २४ घण्टामा ७१०संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमित मध्ये प्रदेश १ को इलाममा २, उदयपुरमा ५, झापामा १९, संखुवासभामा १ र सुनसरीमा १८ जना रहेका छन्मा ।

यसैगरी प्रदेश २ को धुनषामा १७, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा १ र सिरहामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार वाग्मती प्रदेशको काठमाडौंमा २२४, काभ्रेमा १७, चितवनमा ४९, दोलखामा १०, धादिङमा ५, भक्तपुरमा १९, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जना संक्रमित थपिएका छन् ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पूर्वमा ७, पर्वतमा २, म्याग्दीमा १, लमजुङमा ३९, बागुलङमा ५ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६, नवलपरासीमा ६, पाल्पामा १, प्यूठानमा २, बर्दियामा १, बाँकेमा ६ र रुपन्देहीमा ३० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको दैलेखमा ३, सल्यानमा ४ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १, कैलालीमा ४, डडेल्धुरामा २, डोटीमा १, बझाङमा २ र बैतडीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : ०० बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका