बङ्गलादेशमा करिब पाँच लाख व्यक्ति कोभिड सङ्क्रमित « Khabarhub

बङ्गलादेशमा करिब पाँच लाख व्यक्ति कोभिड सङ्क्रमित


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबारसम्म करिब पाँच लाख पुगेको त्यहाँको सरकारले पुष्टि गरेको छ ।

शनिबार बङ्गलादेशमा थप सङ्क्रमित हुनेको सङ्ख्या एक हजार २६७ रहेको र २५ व्यक्तिको मृत्यु भएको छ ।

बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार अहिलेसम्म बङ्गलादेशमा चार लाख ९९ हजार ५६० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने सात हजार २४२ व्यक्तिको मृत्यु भएको छ ।

मुसलमान बहुल यस मुलुकमा विगत २४ घण्टामा १२ हजार ३०० सम्भावित व्यक्तिको नमूना परीक्षण गरिएकोमा करिब १० प्रतिशत सङ्क्रमित भेटिएका थिए ।

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित चार लाख ३५ हजार ६०१ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् भने शनिबार सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९८७ रहेको महानिर्देशनालयले जनाएको छ ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये १.४५ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने अहिलेसम्म ८७.२० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।

बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी जुलाई २ मा चार हजार १९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो भने जुन ३० मा एकै दिनमा सबैभन्दा बढी ६४ सङ्क्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : २५ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत