ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– ट्याक्टर दुर्घटना हुँदा बैतडीमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्ट रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

मेलौली नगरपालिका–९ असुरपाबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर आज दुर्घटनामा परेको हो । दुर्घटनामा परी ट्याक्टर चालक कैलालीको गौरीगङ्गा नगरपालिका–३ का २५ वर्षीय अमृत चौधरी घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

रित्तो ट्याक्टर कसरी दुर्घटनामा पर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ट्याक्टर सडकबाट करिब १०० मिटर तल खसेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : ४६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ