क्रिसमस र नयाँ वर्षमा इटालीमा कोभिड–१९ नियन्त्रणका थप उपाय अपनाइने « Khabarhub

क्रिसमस र नयाँ वर्षमा इटालीमा कोभिड–१९ नियन्त्रणका थप उपाय अपनाइने


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोरोना भाइरसबाट बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक इटालीमा क्रिसमस र नयाँ वर्षका समय सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले कोभिड–१९ को महामारी नियन्त्रणका लागि पुनः केही उपायहरू सक्रिय पारिने सरकारले शनिबार बताएको छ ।

प्रधानमन्त्री जेसेप कोन्टले शुक्रबार घोषणा गर्नुभएका ती उपायहरूमा पर्वका समय हुने आवतजावत र सामुहिक भोजभतेरमा नियन्त्रण रहेका छन् ।

सरकारले सोमबारदेखि १५ दिन लागु हुनेगरी जनवरी ६ सम्मका लागि इटालीको सम्पूर्ण भागलाई कोभिड–१९ माहामारीका कारण हुने ‘खतरा’ को सुचीमा राख्दै सङ्क्रमण नियन्त्रणका लागि कडाभन्दा कडा नियम लागू गरेको छ । इटलीले डिसेम्बर २८, २९ र ३० का साथै जनवरी ४ का दिन पसलहरूलाई साँझ ९ बजेसम्म खुला राख्न र नागरिकहरूलाई स्वतन्त्ररूपमा किनमेलका लागि सहभागी हुन छुट दिने पनि निर्णय गरेको छ ।

सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार नागरिकले पर्वका समय साथी वा आफन्तसँगको भेटका लागि दिनमा एक पटक मात्र घर छोड्न पाउनेछन् भने अति आवश्यक कामका लागिबाहेक एक प्रशासन क्षेत्रबाट अर्कोमा जान पाउने छैनन् ।
त्यसैगरी आगामी डिसेम्बर २४ बाट लागू हुनेगरी देशभर बार तथा रेष्टुरेण्ट बन्न रहने छन् ।

कोन्टेले भने, “हाम्रा विज्ञहरूले क्रिसमस र नयाँ वर्षमा हुने जमघटका कोभिड कारण सङ्क्रमण बढ्नसक्ने बताएका छन् । महामारी पुनः फैलिन नदिनका लागि हामीले यो बाध्यत्मक निर्णयलाई लागु गर्न सम्पूर्ण नागरिकहरूलाई आग्रह गरेका छौँ ।

सरकारले खाद्यान्न पसल, सैलुन, फार्मेसी तथा कपडा धुने पसल (सेवा) लगायतका अन्य केही सेवालाई भने खुला गर्न अनुमति दिएको छ ।

इटलीले डिसेम्बर २८, २९ र ३० का साथै जनवरी ४ का दिन पसलहरूलाई साँझ ९ बजेसम्म खुला राख्न र नागरिकहरूलाई स्वतन्त्ररूपमा किनमेलका लागि सहभागी हुन छुट दिने पनि निर्णय गरेको छ ।

करिब ६ करोड जनसङ्ख्या रहेको इटलीलाई यूरोपेली समुदायको प्राचीन महत्वको स्थानका रूपमा लिने गरिन्छ ।

इटलीमा महामारीका कारण अहिलेसम्म ६८ हजार मानिसले ज्यान गुमाएका छन् भने १९ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारको निर्णयलाई इटलीका नागरिकले सहज लिएका बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : ३२ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने