स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण, अन्य मन्त्रीहरु पनि संक्रमित « Khabarhub

स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण, अन्य मन्त्रीहरु पनि संक्रमित


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

ब्रसेल्समा युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनी संक्रमण भएको हो  । उनले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका हुन ।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी भएका थिए । उनलाई सङ्क्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए ।

कोरोना सङ्क्रमण पुष्टि भएको ल्यावको कागजको फोटो समेत राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, “आज म सङ्क्रमित भएको छु, क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पूरा हुन कठिन हुने देखिएको छ ।”

सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट सङ्क्रमित भएको एएफपीलाई जनाएको छ । सङ्क्रमित भएसँगै उनले धेरै कार्यक्रमहरु स्थगित गरेका छन । स्थानीय सञ्चार माध्यमहरुले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरुलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन् ।

यही शिलशिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षा मन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफुहरु समेत सङ्क्रमित भएको जानकारी दिएका छन् । कोरोनाको महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै चार हजार जना बुधबार मात्रै थपिएका हुन ।

स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार ४०० भन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : ३६ बजे

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार