मेस्सीको गोलमा बार्सिलोना विजयी, उक्लियो शीर्ष स्थानमा « Khabarhub

मेस्सीको गोलमा बार्सिलोना विजयी, उक्लियो शीर्ष स्थानमा


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा लियोनल मेस्सीले गरेको गोल नै निर्णायक बन्यो । मेस्सीले जित सहित नयाँ प्रशिक्षक क्विक सेटिनलाई क्लबमा स्वागत गरेका छन् ।

अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गर्दै सेटिनलाई बार्सिलोनाले नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो । डेब्यु खेलमै सेटिनले जित प्राप्त गरेका छन् ।

६९ औ मिनेटमा साञ्चेज रातो कार्ड खादै मैदान बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सिमित बनेको थियो ।

बार्सिलोनाले अधिकांश समय बलमा पोजिसन लिए पनि गोल गर्न भने सकेन । जब डिफेन्डर साञ्चेज कार्ड खादै मैदान बाहिरिए, मेस्सीले गोल गर्न सफल रहे ।

मेस्सीको गोलसंगै बार्सिलोना ४३ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ग्रानाडा २७ अंक सहित तालिकाको १० औं स्थानमा छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ६ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको