अध्ययन भन्छ : केटाकेटीमा झुट बोल्नेहरु पछि हुन्छन् टाठो र बुद्धिमान ! « Khabarhub

अध्ययन भन्छ : केटाकेटीमा झुट बोल्नेहरु पछि हुन्छन् टाठो र बुद्धिमान !


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झुटो बोल्ने मानिस कसैलाई मन पर्दैनन् । झुट बोल्नेहरुको कुरामा विश्वास गर्न धेरैले असहज मान्दछन् । त्यसैले हरकोहि मानिस अरुले झुट नबोलुन् भन्ने चाहना राख्दछन् ।

झन् अभिभावकहरु आफ्नो बच्चाले झुट नबोलोस् भन्ने चाहान्छन् । तर एक अनुसन्धान अनुसार सानो उमेरमा झुटो बोल्ने बच्चा ठूलो भएपछि बौद्धिक हुने बताइएको छ । वाल स्ट्रिट जर्नलमा प्रकाशन भएको एक शोधका अनुसार झुट बोल्ने बालबालिका पछि गएर वौद्धिक हुने बताइएको छ ।

युनिभर्सिटी अफ टोनोन्टोका मनोविज्ञानका प्राध्यापक काङ ली नेतृत्वक प्राध्यापकहरुले गरेको एक अनुसन्धानले यस्तो देखाएको हो ।

अध्ययन अनुसार सानै उमेरमा झुट बोल्ने बच्चाहरु पछि गएर उच्च बौद्धिक क्षमताका हुने देखाएको छ । अर्थात सानो उमेरमा झुट बोल्ने बच्चा कालान्तरमा टाठो र बुद्धिमान् हुन्छन् ।

बच्चाहरु आफ्नो गल्ती लुकाउन, नगरेको होमवर्क गरेको वा अह्राएको काम गरेको भन्ने लगायतका झुट बोल्दा यसले उनीहरुको बौद्धिक विकास हुने देखाएको हो ।

यसरी झुट बोल्ने बच्चाहरुमा आत्मविश्वास, बौल्ने क्षमता, मस्तिष्कको विकास, र अरुको मनसाय बुझ्ने लगायतका कुरामा विकाश हुने गर्दछ । तर झुट बोल्न जान्ने बच्चाहरुलाई ९ बर्षको उमेरपछि भने सत्य बोल्न सिकाउनु पर्ने अनुसन्धानमा देखाइएको छ ।

९ बर्षपछिको उमेरमा सिकेका अधिकाशं कुराहरु उनीहरुको मष्तिकमा लामो समय रहने र त्यसैलाई बानीको रुपमा परिणत गर्दछन् । तसर्थ ९ बर्षभन्दा कम उमेरमा बच्चाले झुटो बोले त्यसमा आपत्ती मानिहाल्नु पर्दैन । तर त्यसपछि भने बच्चालाई उच्च निगरानिमा राख्दै उसलाई साचो बोल्न सिकाउनु पर्छ ।

अझ कतिपय अवस्थामा बच्चाले झुट बोलेको जानेर पनि त्यसलाई मान्नु भने हुदैन । तर सानातिना झुट बोलेका छन् त्यसलाई ठुलो बिषय बनाउनु भने हुदैन ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ३६ बजे

मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छ : प्रदेश प्रमुख मियाँ

अत्तरिया– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज