उपसभामुखले राजीनामा नदिएपछि बालुवाटारमा ओली–प्रचण्डको भेटवार्ता « Khabarhub

उपसभामुखले राजीनामा नदिएपछि बालुवाटारमा ओली–प्रचण्डको भेटवार्ता


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई भेट्न नेकपाका अर्का अध्यक्ष बालुवाटार पुगेका छन् ।

सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार विहानै बालुवाटार पुगेका हुन् ।

नेकपा सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि सभामुख चयनको प्रकृया अघि बढाउने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

आइतवार विहान प्रचण्डसँग अग्नि सापकोटालाई सभामुख बनाउने सहमति गरेपछि प्रधानमन्त्री ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर राजीनामा गर्न आग्रह गरेका थिए । तर उपसभामुख शिवमायाले आफूले राजीनामा नगर्ने पूरानै अडान दोहोराएका थिइन् ।

‘राजीनामा गर्नुपर्ने कारण लिखित रुपमा दिनुपर्ने’ माग उनले अध्यक्षसँग गरेकी थिइन् ।  तर उनले सोमबार(आज) विहानसम्ममा राजीनामा गर्ने अनुमान पार्टी अध्यक्षहरुले गरेका थिए ।

सोमबार(आज) विहान सम्म पनि उपसभामुख शिवमायाको राजीनामा नआएपछि पार्टीका दुई अध्यक्षहरु छलफलमा जुटेका छन् ।

पहिलो चरणमा दुई अध्यक्षले छलफल गर्ने र त्यसपछि उपसभामुख तुम्बाहाङ्फेलाई बोलाएर पुन छलफल गर्ने तयारी रहेको बालुवाटार श्रोतले जानकारी दियो ।

उनले राजीनामा नगरेको खण्डमा नेकपाले सभामुखमा उम्मेदवारी दिन नपाउने र सभामुख पद नै गुम्ने खतरा रहने अवस्था बन्ने छ । जसका कारण उपसभामुख तुम्बाहाङ्फेलाई मनाएर आजका लागि बोलाइएको संसद बैठक अगावै राजीनामा गर्न लगाउने विषयमा ओली प्रचण्डबीच छलफल भइरहेको हो ।

‘यदी उहाँले राजीनामा गर्नुभएन भने के गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ’ बालुवाटार श्रोतले भन्यो ।

यदी उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्न मानिनन् भने समानुपातिक सांसदबाट फिर्ता बोलाउनेसम्मको निर्णय हुनसक्ने स्रोतको दाबी छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १० : ०५ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली